तराईको केही भू-भागमा अझैँ हुस्सु र कुहिरो, मध्यान्नसम्म सुधार हुने सम्भावना



काठमाडौं । देशको तराईका केही भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

तराईका केही ठाउँमा बिहान कुहिरो र हुस्सु लागे पनि मध्यान्नसम्म क्रमिकसुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान तराईको केही भू–भागहरूमा लागेको हुस्सु र कुहिरो मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।

सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन उक्त महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्