हिंसा र विध्वंसले देश बन्दैन : प्रदीप ज्ञवाली


काठमाडौँ ।

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हिंसा, आगजनी तथा विध्वंसको बाटो रोजेर देश अघि बढ्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै ज्ञवालीले राजनीतिक असन्तुष्टि व्यक्त गर्ने नाममा हुने हिंसा र विनाशलाई कुनै पनि बहानामा उचित ठहर्‍याउन नमिल्ने बताए ।

उनले विगतका शासक अयोग्य भए पनि त्यसको विकल्प हिंसा र विध्वंस हुन नसक्ने उल्लेख गर्दै राजनीतिक परिवर्तनका नाममा भएका आगजनी र तोडफोडले देशलाई ठूलो क्षति पुर्‍याउने बताए ।

ज्ञवालीले सङ्क्रमणकालीन न्याय प्रक्रियामा ढिलाइ भएको स्वीकार गर्दै त्यसलाई गत वर्ष भएका हिंसात्मक घटनाको औचित्य पुष्टि गर्ने आधार बनाउन नमिल्ने धारणा राखे । सरकारको अक्षमता वा राजनीतिक असन्तुष्टिको समाधान हिंसा नभई कानुनी प्रक्रिया भएको उनको भनाइ थियो ।

उनले द्वन्द्वकालीन घटनाको सत्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिँदै शान्ति प्रक्रियालाई नयाँ सरकारले पनि साझा राष्ट्रिय प्रतिबद्धताका रूपमा अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।