कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



धनगढी।

श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन् ।

कैलालीको कैलारी गाउँपालिका–७ का ५४ वर्षीय विकले आफ्नै श्रीमती विरमा विकको कुटपिट गरेर हत्या गरेका थिए । तत्कालीन समयमा प्रेमले नै श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

कर्तव्य ज्यान मुद्दाका विकलाई कैलाली प्रहरीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्