ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ



बर्दिया।

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी राजापुर नगरपालिका-४ बस्ने रईस अहमद सिद्धिकीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया जिल्ला अदालतले उनी विरुद्ध २०७९ असार २९ गते ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष ११ महिना ५ दिन कैद र १ लाख रुपैयाँ जरिवना हुने फैसला गरेको थियो।

त्यसयता फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनकै घर वतनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्