समूहगत झगडामा संलग्न भएको आरोपमा एक नेपालीसहित ८ जना पक्राउ



जापान।

टोकियोको तोशिमा वार्ड स्थित सडकमा भियतनामी र नेपालीको समूहगत झगडामा संलग्न भएका ८ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरु मध्ये ७ जनाले आरोप स्वीकार गरेको जापानी संचार माध्यमहरुमा खबर प्रकाशित छ ।

गत वर्षको अक्टोबरमा तोशिमा वार्डको किताओत्चुकामा सडकमा विदेशीहरूको समूहबीच झगडा हुँदा भान्सामा प्रयोग हुने चक्कु प्रहारबाट एक जना गम्भीर घाइते भएका थिए भने तीन जना सामान्य घाइते भएका थिए। घाईते भएका व्यक्तिहरु पूर्ण रुपमा निको हुन करिब ६ महिना लागेको थियो।

टोकियो महानगरीय प्रहरी विभागले भियतनामी र नेपालीहरूको समूहले नजिकैको रामेन पसलमा झगडा गरेको र त्यसपछि नजिकै रहेका साथीहरूसँग झगडा भएको अनुमान गर्दै स्थितिको विवरण अनुसन्धान गरिरहेको थियो।

लामो अनुसन्धान पश्चात प्रहरील् ,३७ वर्षिया भियतनामी बुइ च्युन थाईन् र ३२ वर्षिया नेपाली रमेश सुवेदी सहित आठ जनालाई चोटपटक तथा चोटपटकका घटनाका आशंकामा पक्राउ गरेको बताईएको छ । प्रहरीले पक्राउ परेका अन्य व्यक्तिहरुको नाम भने सार्वजनिक गरेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्