वीरगन्ज।
जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध मुद्दामा एक महिनामा ३४ जना अभियुक्तलाई पक्राउ गरेको छ । पुष महिनामा दर्ता भएका २३ वटा लागु औषध मुद्दाका ३४ जना अभियुक्त पक्राउ परेका हुन् ।पुस महिनामा १ जना महिला सहित ३४ जना अभियुक्तलाई लागु औषध सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
पक्राउ परेका सबै नेपाली नागरिक नै रहेको उनको भनाई छ ।
पर्सा प्रहरीले सार्वजनिक गरेको तथ्याङक अनुसार पुस महिनामा सबैभन्दा बढी प्रतिबन्धित लागु औषध नाईट्राभेट ट्याब्लेट बरामद भएको छ ।पर्साको विभिन्न ठाउँबाट १ हजार ४ सय ९९ वटा बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी गाँजा ३ सय ८४ किलो, हेरोइन २१ ग्राम फेनारगन र नुर्फिन १३५÷१३५ एम्पुल र डाईजिपाम १२८ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।











प्रतिक्रिया