मनसँग मन टिजरमा



आगामी माघ २७ गते अल नेपाल रिलिज हुने फिल्म मनसँग मनको टिजर सार्वजनिक गरिएको छ। टिजरमा फिल्मका नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीलाई प्रस्तुत गरिएको छ। टिजरमा पुष्प र वर्षाको प्रेम झल्काउने प्रयास गरिएको छ।

फिल्मको एक गीतमा नायक-नायिका पल शाह र पूजा शर्माले कम्मर मर्काएका छन्। फिल्ममा पुष्प र वर्षाको साथमा बुद्धि तामाध्र र रवीन्द्र झा मुख्य भूमिकामा छन्। सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा अरुण तामाध्रद्वारा निर्मित फिल्म कैलाश राईले निर्देशन गरेका छन्।

फिल्ममा कैलाश राईको कथा र पटकथा, अर्जुन पोखरेल, अगोमा गुरुध्र र दीपक शर्माको संगीत, रामजी लामिछाने र कमल राईको कोरियोग्राफी, सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्