जिप दुर्घटना हुँदा एकको मृत्यु, नाै जना घाइते



कालिकाेट ।

जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा नौ जना घाइते भाएको  जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले जानकारी दिनु भयो । उहाँका अनुसार  ‌पातारासी गाउँपालिका -१ माथाचाैरकी ४२ वर्षकी छाेर्तेन लामाकाे घटनास्थलमा मृत्यु भएको हो ।

सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्धार गरी अस्पताल पठाएका थियाे। जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्