भारतमा कैलालीका युवकको हत्या



धनगढी।

भारतमा एक जना नेपाली नागरिकको हत्या भएको छ। भारतको महाराष्ट्र राज्यस्थित आलिबागमा एक नेपालीको हत्या भएको हो।

कैलालीको लम्कीचुहा नगरपालिका-६ बावनपुर स्थायी घर भएका १८ वर्षीय कमलबहादुर बिकको हत्या गरिएको हो। पुस २६ गते कमलको बीभत्स हत्या गरिएको उनका आफन्तले जानकारी दिएका छन्।

यस्तै छोराको हत्या भएको भन्दै मृतककी आमा पार्वतीले आलिबागमा बस्ने सागर बिक, टोपु बिक, मनोज बिक र सन्तोष बादीको नाममा किटानी जाहेरीसमेत दिएकी छन्।

उनले माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग थाना प्रहरीमा उजुरी दिएकी हुन्।

हत्याको आरोप लागेका टोपु बिक र मनोज बिक मृतकका भाईसमेत हुन्। उनीहरु त्यहाँ एउटै होटलमा काम गर्थे।

छोराको हत्या भएको खबर सुनेपछि पुस २७ गते नेपालबाट आफू भारत गएर किटानी जाहेरी दिएको मृतककी आमाले बताईन्। त्यहाँको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्