बलि चढाउन भन्दै मामाले गरे ८ वर्षीय भाञ्जाको हत्या



सल्यान।

सल्यानमा एक व्यक्तिले मन्दिरमा बलि चढाउन भन्दै आफ्नै भाञ्जाको हत्या गरेका छन्। बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले स ८ वर्षीय भिजन घर्तीको घाँटी रेटेर हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आइतबार दिउँसो २ बजे घरको आँगनमा रहेको मन्दिरमा पुरीले खुर्पाले बालकको घाँटी रेटेका थिए।

घटना घटेलगत्तै प्रहरी चौकी बनगाड, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले पुरीलाई पक्राउ गरेको थियो।

पुरीले हत्या गरेर बालकको शव मन्दिरभित्रै गाडेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्