दीपकको फिल्ममा दयाहाङ



सञ्चारकर्मी तथा निर्देशक दीपक श्रेष्ठको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ। फिल्म केवल तामाङको प्रस्तुति र कोमल गुरुङको निर्माणमा बन्ने छ।

निर्देशक श्रेष्ठका अनुसार फिल्ममा कथा उनकै रहनेछ। सुरज आचार्य हेड अफ प्रोडक्सन रहने फिल्ममा सौरभ लामाको छायांकन रहने छ। फिल्मको मुख्य भूमिकामा नायक दयाहाङ राई फाइनल भएका छन्।

निर्माण पक्ष र दयाहाङबिच यो अनाम फिल्ममा काम गर्नेगरी सम्झौता भएको हो। यो फिल्मलाई हामी लभस्टोरी र कमेडी कथामा निर्माण गर्दै छौँ। फिल्मको छायांकन सिक्किम र इलाममा हुनेछु निर्देशक श्रेष्ठले जानकारी गराए। आगामी माघ २० गतेबाट फिल्मको छायांकन गरिने प्रस्तुतकर्ता केवल तामाङले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्