भोलि रिलिज हुने गुञ्जनको केवल तिम्रैतिर



भोलि शुक्रबार अल नेपाल रिलिज हुने फिल्म गुञ्जनको नयाँ गीत केबल तिम्रैतिर हालै सार्वजनिक गरिएको छ।गीतमा फिल्मका मुख्य कलाकार अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ।

निशान भट्टराई र श्रेया सोताङको स्वर, रवि मल्लको शब्द रचना तथा कल्याण सिंहको संगीत रहेको गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। एएच इन्टरटेन्मेन्टको ब्यानरमा हिराकृष्ण शाहीद्वारा प्रस्तुत तथा सुनीता शाहीद्वारा निर्मित फिल्म द्वन्द्व निर्देशक अष्ट महर्जनले निर्देशन छन्।

दुई दशकदेखि दर्जनौं फिल्ममा द्वन्द्व निर्देशन गर्दै आएका अष्टको निर्देशनमा या डेब्यु फिल्म हो। प्रेम कथामा निर्मित फिल्ममा सारा र प्रितमका साथमा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आईपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्