एकीकरण मार्ग पदयात्रा टोली हनुमानढोका आइपुग्यो



काठमाडौँ।

पृथ्वीनारायण शाहको ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २१ गते नेपाली सेनाको अगुवाइमा गोरखाबाट सुरु भएको एकीकरण मार्ग पदयात्राको टोली काठमाडौँ हनुमानढोकामा आइपुगेको छ।

 

गत बिहीबार गोरखा दरबारबाट सुरु भएको एकीकरण मार्ग पदयात्रा धादिङ्ग, नुवाकोट हुँदै मंगलबार काठमाडौँको हनुमानढोका आइपुगेको हो।

उक्त कार्यक्रममा सहभागी टोलीले गोरखाबाट बोकेर ल्याएको नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी-हाल बर्दबहादुर तथा सबुज)को झण्डा, नेपालको राष्ट्रिय झण्डा तथा दिपज्योती हनुमानढोका दरबारमा आयोजित विशेष समारोहमा हस्तान्तरण गरेको थियो ।

 

समारोहमा कार्यरथी उपरथी श्री सागर बहादुर थापा, रथीवृन्द, अधिकृतहरुका साथै हनुमानढोका हेरचाह अड्‍डाका पदाधिकारीहरु एवं राष्ट्रिय सेवादलका छात्रछात्राहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्