मधुसूदनको फिल्ममा आर्यनसँगै साक्षी


निर्देशक मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुने एक अनाम फिल्ममा अभिनेत्री साक्षी लम्साल अनुबन्धित भएकी छन्।
फिल्ममा यसअघि नै आर्यन सिग्देल र मुकुन भुसाल अनुबन्धित भइसकेका छन्।

पत्रकार तथा फिल्म लेखक एवं निर्देशक लक्ष्मण सुवेदीको लेखनमा निर्माणाधीन फिल्ममा अब थप एक अभिनेत्री अनुबन्धित गरिने निर्माण संस्थाले जानकारी गराएको छ।

फिल्म जय माँ दुर्गे फिल्मकाे ब्यानरका छिरिङ टेन्डुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्लेले निर्माण गर्न लागेका हुन्। फिल्म आगामी फागुन पहिलो साता सुटिङ फ्लोरमा जाने निर्माण समूहले जानकारी गराएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।