मोहन दुवाल सम्मानित हुने



काठमाडौं। 

नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान पु¥याउने उद्देश्यले सक्रिय रहेका दुई जना स्रष्टा र दुई जना साहित्यिक पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।
यही पुस २० गते प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा बसेको बैठकले नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान पु¥याउने उद्देश्यले सक्रिय रहेका दुई जना स्रष्टा र दुई जना साहित्यिक पत्रकारहरुलाई सम्मान गर्ने गरी.एक लाख एक हजार नगद राशिको क्रमशः ः मदन–शिला स्रष्टा सम्मान, २०७६ ले वरिष्ठ कवि तथा गीतकार श्री दुर्गालाल श्रेष्ठलाई र २०७७ सालको मदन–शिला स्रष्टा सम्मान वरिष्ठ आख्यानशील्पी गिताकेशरीलाई दिने निर्णय गरिएको छ ।

त्यसैगरी मदन–शिला साहित्यिक पत्रकारिता सम्मान, २०७६ ले जनमत मासिकका सम्पादक मोहन दुवाललाई नियमित रुपमा पत्रिका प्रकाशन गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याएवापत र २०७७ सालको लागि मदन–शिला साहित्यिक पत्रकारिता सम्मान दायित्व द्वैमासिकका सम्पादक रामप्रसाद पन्तलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्