छात्रवृत्ति दिलाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ 



काठमाडौँ । 

छात्रवृत्ति दिलाई दिन्छु भन्दै नगद ८ लाख रुपियाँ ठगी गरेको अभियोगमा सिरहा कल्याणपुर नगरपालिका-१० घर भई काठमाडौँ बानेश्वर बस्ने २७ वर्षीय सन्तोष मण्डललाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इन्डो ग्लोबल कन्सलटेन्सी बागबजारको संचालक हुँ भन्दै भारतमा छात्रवृत्तिमा इन्जिनियरिङ शिक्षाको लागि दिल्ली टेक्नोलोजीकल युनिभर्सिटिमा भर्ना गराइदिन्छु भन्दै पीडितबाट उक्त नगद लिई ठगी गरेको खुल्न आएपछि मण्डललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-३१ मिनभवनबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक  अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्