सशस्त्र प्रहरीले गर्यो केवलकार रोकिएमा गरिने उद्धारको अभ्यास



काठमाडौँ।

सशस्त्र प्रहरीले केवलकार रोकिएमा गरिने उद्धारको अभ्यास गरेको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र मनकामना केवलकार प्राइभेट लिमिटेडको सहकार्यमा रोप रेस्क्यु सम्बन्धी अभ्यास गरिएको हो ।

केवलकारमा दर्शनार्थी चढेको समयमा कुनै कारणवस केवलकार रोकियो भने छिटो र सजिलो तरिका अपनाई उनीहरुको उद्वार गर्न सकियोस भन्ने उद्देश्यले सो अभ्यास गरिएको बताइएको छ। ।

भविष्यमा आईपर्न सक्ने समस्याहरुलाई सजिलैसँग समाधान गर्न सकियोस भन्ने उद्देश्यले गरिएको रोप रेस्क्यु अभ्यासमा सो शिक्षालयमा कार्यरत विपद् व्यवस्थापन सम्बन्धि दक्ष सशस्त्र प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।

शिक्षालयले यसअघि आगलागी नियन्त्रण, विपद् प्रकोप, दुर्घटना, भूकम्पमा परेकाहरुको खोज तथा उद्वार, उनीहरुलाई दिईने प्राथमिक उपचार र सहयोगजस्ता विषयलाई लक्षित गरी सो सम्बन्धी अभ्यास समेत गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्