रियल मड्रिड पराजित


काठमाडौं । 

स्पेनिस ला लिगाको साविकको विजेता रियल मड्रिड भिल्लारियलसँग शनिबार राति २–१ ले पराजित भएको छ । जेरार्ड मोरेनोले विजयी गोल गरेपछि रियलले सिजनको दोस्रो हार बेहोरेको हो ।

यससँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिने अवसर गुमायो ।  शीर्ष स्थानको बार्सिलोनाको १५ खेलमा ३८ अंक छ । एक खेल बढी खेल्दै दोस्रो स्थानमा बसेको रियलको ३८ अंक छ । भिल्लारियल १६ खेलमा २७ अंकसहित पाँचौ स्थानमा छ ।

खेलको ४७औं मिनेटमा यर्मे पिनोले गोल गरेपछि भिल्लारियलले अग्रता लिएको थियो । ६०औं मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलमा रियल खेलमा फर्कियो ।

त्यसको तीन मिनेटपछि नै मोरेनोको विजयी गोल गरेका थिए । आइतबार हुने खेलमा बार्सिलोनाले एट्लेटिकोलाई हराएमा रियाल तीन अंकले पछि पर्नेछ ।


प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।