पारस र हिमानीसहित पूर्वराजा ज्ञानेन्द्रका सपरिवार सिमरामा



काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्रका सपरिवार सिमरा पुगेका छन् । चितवनमा पुर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र छोरी प्रेरणा र धिरेन्द्रका तीन छोरी र केही कर्मचारीसंग अंग्रेजी नयाँ वर्ष मनाएपछि सिमरा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र र कोमललाई भेट गर्न छोरा एवं पूर्वयुवराज पारसको परिवार सिमरा पुगेका छन् ।

लामो समयसम्म विभिन्न शहर भ्रमण गर्दै हिडुनुभएका पूर्वयुवराज पारस लामो समयपछि वुवा ज्ञानेन्द्रसंग भेट गर्न सिमना पुग्नुभएको हो । उहाँ केही समय अघि हवाई मार्गबाट सिमरा पुग्नुभएको हो । पारसरको साथमा पूर्वयुवराज्ञी हिमानी शाह थाईल्याण्डमा पढिरहेका नातिनीद्धय पुर्णिका र किर्तिका र अमेरिका पढ्दै गएका नाति हृदयन्द्र शाह समेत सिमरा पुग्नुभएको छ ।

निजी भ्रमणको सिलसिलामा मंसिर ६ गते झापा पुग्नुभएका पूर्वराजा नयाँ वर्ष मनाउन चितवन पुग्नुभएको थियो । चितवनमा केही राजनीतिक भेटघाटपछि उहाँ सिमरा पुग्नुभएको छ सिमराको बसाईपछि पुनः झापा जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ । सिमरामा पूर्वराजाको परिवार प्रभु निवासमा बस्नेछन् । त्यहाँ केही राजनीतिक भेटघाट हुने सम्भावना रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्