म्यानमारकी नेतृ सुकीलाई थप सात बर्ष जेल सजाय



काठमाडौँ।

म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यससँगै गैरकानूनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी उनलाई थप सात वर्षको जेल सजाय सुनाइएको हो । यससँगै उनलाई सबै गरी ३३ वर्षको जेल सजाय तोकिएको छ ।

सन् २०२१ को फेब्रुअरी महिनामा भएको सैन्य ‘कू’ पछि ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकी हिरासतमा राहँदै आएकी छन् । यसबाट म्यानमारको छोटो लोकतान्त्रिक प्रयोगको अन्त्य गरेको भन्दै म्यानमारमा अहिले पनि व्यापक विरोध प्रदर्शन भइरहेको छ ।

केही महिनाअघि उनको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले राष्ट्रव्यापी निर्वाचन जितेको थियो । यससँगै उनी मुलुकको प्रभावशाली नेताको रूपमा अर्को पाँच वर्षको कार्यकालको लागि तयारी गरिरहेकी थिइन् ।

स्वाधीनताका नायक मानिने आङ सानकी छोरीसमेत रहेकी सुकीले पूर्ववर्ती सैनिक शासनकालमा करिब दुई दशक नजरबन्दमा बिताउनुपरेको थियो ।

गत शुक्रबार सैनिक सरकारको पूर्ण नियनत्रण रहेको एक अदालतले सुकीलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको हो । गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा उनलाई दोषी ठहर गरिएको बताइएको छ ।

म्यान्मारमा सुकी निकै लोकप्रिय भएपनि रोहिंग्या सङ्कटसँग जुध्न उनको सरकारले गरेको व्यवहारले अन्तर्राष्ट्रिय स्तरमा उनको विरासतमा गहिरो दाग लागेको टिप्पणी गरिन्छ ।

सन् २०१७ मा सेनाले गरेको दमनका कारण करिब सात लाख ५० हजार रोहिंग्या अल्पसङ्ख्यक समुदायका मािनसहरु गाउँबाट भागेर छिमेकी देश बङ्गलादेशमा जान बाध्य भएका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्