बक्सिङ संघको पूर्ण कार्यसमितिको बैठक सम्पन्न 

६ महिनाभित्रै निर्वाचनमा जाने तयारी



 काठमाडौँ । 
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको सभापतित्वमा, संघको पूर्ण कार्यसमितिको बैठक सम्पन्न भएको छ ।

उक्त बैठक सञ्चालनपूर्व बक्सिङ्गको दिगो विकासमा अग्रजहरुको सल्लाह सुझाव पनि लिइएको थियो । नेपाल बक्सिङ संघका संस्थापक अध्यक्ष श्री विष्णु गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष उमेश मास्के, निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ लगायत संघका कार्यसमितिका पदाधिकारीहरूको उपस्थित रहेको थियो ।

उक्त सल्लाह सुझाव तथा पूर्ण कार्य समितिको बैठकमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, उपाध्यक्ष नरेन्द्र पोमो, उपाध्यक्ष द्वय भोजराज सिटौला, किरण बहादुर श्रेष्ठ, महासचिव सविन भट्टाचार्य, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु, मान बहादुर भण्डारी, ओम नारायण श्रेष्ठ, पुष्कर राज पन्त, श्याम काजी अवाले, शोभार जंग केसी, मान बहादुर लक्ष्मण कार्की, रमेश अधिकारी, पूर्व प्रमुख प्रशिक्षकद्वय प्रकाश थापामगर, ओम मास्के, टेक्निकल संयोजक दीपक महर्जन, दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता रामचन्द्र थापामगर, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संस्थापक अध्यक्षहरुले बक्सिङको दिगो विकासका लागि बक्सिङ विकासका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने सुझावहरु प्रस्तुत गरेका थिए ।

कार्य समितिको बैठकले आगामी संघको अधिवेशन आजका मितिले ६ महिना भित्र खेलकुद ऐन २०७७ को विधान बमोजिम अधिवेशन गर्ने निर्णय सर्वसम्मतले पारित गरिएको छ। त्यस्तै, यसका लागि राखेपमा आवश्यक पत्राचार गरी मिति लिने निर्णय गरिएको छ । साथै संघका सम्पूर्ण पदाधिकारी, सदस्यहरु, संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु पूर्व प्रमुख प्रशिक्षकहरु तथा रेफ्रिजजहरुले बक्सिङ विकास र एकताको निम्ति हात उठाएर ऐक्यबद्धता जाहेर गरेका थिए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्