जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ



काठमाडौं ।

जुवातास खेलिरहेकाे अवस्थामा नाै जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगर डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१८ घर भएका ६६ वर्षीय होमनाथ ढकालको कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकालसमेत ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार रुपैयाँ र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्