महोत्तरीमा बेवारिसे शव फेला



महोत्तरी।

महोत्तरीको पिपरा गाउँपालिकामा बेवारिसे शव फेला परेको छ । पिपरा गाउँपालिका-५ स्थित चाँदनी चोक नजिकै पहिचान नखुलेको शव बिहीबार बिहान फेला परेको हो ।

जनकपुर -जलेश्वर सडकखण्डको उत्तर साइडको कल्भर्ट नजिक जमेको पानीमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पुरुष जस्तो देखिने शवलाइ इलाका प्रहरी कार्यालय सहोडवावाट मुचुल्कासहित प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज राइले जानकारी दिए ।

अन्दाजी २५-३० वर्षको तराइ मूलको जस्तो देखिने उक्त शवको विषयमा पोष्टमार्टमपछि थप खुल्न सक्ने प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्