१० लाख फिरौती माग्ने युवक पक्राउ



काठमाडौँ।

मधेस प्रदेश प्रहरीले १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेको छ । मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहसँग १० लाख फिरौती रकम माग गर्दै आएका एक युवकलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेको अनुसन्धान अधिकृत उमाशङ्कर साहले बत । निरीक्षक साहका अनुसार कन्सट्रक्सनमा काम गर्ने साहसँग १० लाख मागेको नदिए ज्यान मार्ने धम्की दिँदै आएको थियो ।

मण्डललाई विशेष सूचनाका आधारमा घरबाटै हिरासतमा लिइएकोे र थप अनुसन्धानका लागि मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस्