प्रधान सेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान



काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्माले पदोन्नति भएकालाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ। शर्माले आज (सोमबार ) जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जामा बढुवा हुनु भएका सहायक रथी कृष्ण प्रसाद सापकोटा र मानार्थ उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी सुशिल कुमार भण्डारीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो। ।

नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस ३ गतेको निर्णय अनुसार उपरथी दर्जामा सहायक रथी कृष्ण प्रसाद सापकोटा र मानार्थ उपरथी दर्जामा सहायक रथी सुशिल कुमार भण्डारी पदोन्नति भएका थिए।

उक्त दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्