३३ करोडले अड्कियो हेराफेरि-३



मुम्बई।

फिल्म ‘हेराफेरि-३’ अहिले बलिउडमा सर्वाधिक चर्चाको विषय बनेको फिल्म हो । अभिनेता अक्षय कुमारले मिडियामाझ आफू ‘हेराफेरि-३’मा नरहने घोषणा गरेपछि उनका फ्यान निकै दुःखी भएका थिए । तर, केही समयपछि भने अक्षय पुनः फिल्ममा रहने खबर बाहिर आएको थियो । अहिले भने यो फिल्मका फ्यानका लागि एउटा निराशाजनक खबर छ ।

फिरोज नाडियाडवालाको यो फिल्म अहिले आर्थिक मामलाका कारण चर्चामा छन् । अहिले फिल्मको स्वामित्व फिरोज नाडियाडवाला र इरोस इन्टरनेसनलसँग छ ।

फिल्मको पूर्ण अधिकार आफूसँग लिनका लागि फिरोजले इरोस इन्टरनेसनललाई ३५ करोड रुपैंयाँ दिनुपर्छ । उनले यो रकम यही महिनाको अन्त्यसम्म दिनुपर्छ । यदि उनको यो डिल सफल भयो भने फिरोज ‘हेराफेरि-३’सँगै ‘वेलकम’ र ‘आवारा पागल दिवाना’ एक्लो हकदार हुनेछन् ।

फिल्ममा अक्षयको स्थानमा कार्तिक आर्यन फाइनल भइसकेका छन् । धेरैले फिल्मको स्क्रिप्टका कारण अक्षयले फिल्म छोडेको भने पनि  फिरोज र अक्षयबीच पारिश्रमिकको विषयमा सहमति नभएपछि अक्षयले छोडेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्