भारतीय अभिनेत्री तुनिषा शर्मा मृत फेला



एजेन्सी ।

भरतीय अभिनेत्री तुनिषा शर्मा मृत फेला परेकी छन् । सुटिङस्थलमा फाँसी लागेको अवस्थामा उनको शव भेटिएको भारतीय मिडियाले लेखेका छन् ।

उनले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक जाँचपछि भनेको छ । प्रहरीका अनुसार, सुटिङका क्रममा विश्राम भएका बेला तुनिषा आफ्नो मेकअप कक्षमा गएकी थिइन् । त्यसपछि केही मानिस उनलाई बोलाउन गएका थिए ।बाहिरबाट बारम्बार बोलाउँदा पनि तुनिषाले कुनै प्रतिक्रिया दिइनन् । ढोका खोलेर हेर्दा उनी मृत भेटिएकी प्रहरीले जनाएको छ । तुनिषाको शवको पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ ।

२० वर्षीया तुनिषाको मृत्युपछि उनका को(स्टार शीजान खानलाई गिरफ्तार गरिएको छ । प्रहरीले खानमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ ।

शीजानमाथि आईपीसीको धारा ३०६ लगाइएको छ । उनलाई मुम्बईको वसई अदालतमा पेस गरिएको प्रहरलिे जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्