भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु : अध्यक्ष लिङ्देन



काठमाडौं।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

संघीय संसद सचिवालयले उपलब्ध गराएको अनुसूची ३ प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ संम्बन्धित् व्यवहोराअनुसार सांसदहरुले शपथ ग्रहण गरे ।

तर, त्यसमा केही शब्द थपेर राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरे । उनले थप शपथ भन्दै ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’ भनेर शब्द थपेर शपथ ग्रहण गरेका हुन् ।

उनीसहित राप्रपाका १३ जना सांसदले साेही व्यहाेरामा शपथ लिएका राप्रपा प्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्