हात्तीछापमा थपिए सौगात



सिमोस सुनुवारको निर्देशन र किरण नेपालीको निर्माणमा निर्माणाधीन फिल्म हात्तीछापमा अभिनेता दयाहाङ राईका साथमा सौगात मल्ल पनि देखिने भएका छन्।

अभिनेता दयाहाङ राइलाई अनुबन्धित गरेलगत्तै हात्तीछापको निर्माण समूहले अर्का अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेको हो। सौगातसँग फिल्मका निर्माता किरण नेपालीले सम्झौता गरेका हुन्। किरणद्वारा निर्मित फिल्म २ नम्बरीपछि सौगात र दयाहाङले फेरि एउटै ब्यानरमा काम गर्ने पक्का भएको छ।

सौगात र दयाले काम गरेको कबड्डी ४ र २ नम्बरीले बक्स अफिसमा सुखद कमाइ गरेको थियो। फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका छन्। सामाजिक कथावस्तुमा निर्माण हुने फिल्म आगामी चैत्रबाट छायांकन हुने निर्माता नेपालीले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्