बारा।
प्रहरीले बिलविजक भन्दा बढी औषधी र अन्य सामान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । जितपुर सिमरा उपमहानगरपालिका १ स्थित पथलैयाबाट ना ४ ख ८३३४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो
बिलविजक भन्दा बढी औषधी र अन्य सामान बोकेको ट्रक विरगंजबाट पथलैयातर्फ आउँदै गरेको छ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विओपी वीरगंजबाट खटिएको टोलीले आइतबार राती ट्रक नियन्त्रणमा लिएको थियो।
औषधी र अन्य सामान बोकेको ट्रकमा करीब ७८ प्रकारका सामाग्री रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
बरामद गरिएको सामानसहितको ट्रक आवश्यक कारवाही तथा अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया