रामेछापमा बोलेरो दुर्घटना : ९ जना घाइते



रामेछाप ।

उमाकुण्ड गाउँपालिका–७ भुजीमा बालेरो दुर्घटनामा हुँदा ९ जना घाइते भएका छन् । भुजीमा सञ्चालन भइहरेको उमाकुण्ड लिग फुटबल हेर्न लिखु तामाकोसी गाउँपालिकाको दुरागाउँबाट भुजी जाँदै गर्दा बा ११ च ७५९१ नम्बरको बोलेरो अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेहरूमा लिखु तामाकोसी गाउँपालिका १ कोटगाँउकी ३२ बर्षिय विमला सुनुवार, बोलेरोका चालक ३९ वर्षीय विमल सुनुवार र सोही स्थानका ३४ वर्षीय राजकुमार थापा रहेका छन् । उनीहरूलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ ।

त्यस्तै दुर्घटनामा परि मनिता खडका, दीपक कुमार सुनुवार, सृष्टि सुनुवार, सिता कार्की, नरेश खड्का र सुजन भुजेल समेत घाइते भएका छन् । घाइते अधिकांशको हात, गोडा र ढाडमा चोट लागेको उमाकुण्ड गाउँपालिका–७ का वडाध्यक्ष रुद्रमणि श्रेष्ठ नेवारले जानकारी दिनुभयो । उनीहरूलाई पनि थप उपचारको लागी रामेछाप सदरमुकाम मन्थली ल्याईदैँ छ ।

प्रतिक्रिया दिनुहोस्