बागलुङ।
फेसबुकमा चिनजान भएका साथीको जन्मदिन मनाउन भेट भएका तीन जना बालिका बलात्कारमा परेका छन् ।
२३ गते साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका उनीहरू नफर्किएपछि परिवारले खोजी गर्दा २५ गते बागलुङ बजारको होटेलमा फेला परेका थिए ।
प्रहरी र आफन्तको सोधपुछको क्रममा बालिकाहरू बलात्कारमा परेको खुलेको थियो ।
१ जना १६ र २ जना १५ वर्षका बालिकालाई बलात्कार गरेर फरार भएका धादिङ घर भइ पोखरा महानगरपालिका–८ बस्ने १९ वर्षीय सन्दीप तामाङ, गुल्मी भइ पोखरा–१७ बस्ने १९ वर्षीय राहुल थापा र बागलुङको गलकोट घर भइ पोखरा–८ सिर्जना चोक बस्दै आएका २५ वर्षीय अशोक दर्लामीलाई प्रहरीले २६ गते पक्राउ गरेको छ ।
बालिकालाई बलात्कार गरी फरार भएका सन्दीप र राहुललाई प्रहरीले बागलुङ बजार र अशोकलाई काठे खोला गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।
पीडित बालिकाको २५ गते धौलागिरि अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ ।











प्रतिक्रिया