जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो

0
Shares

जाजरकोट।

जाजरकोटमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। एक जना गम्भीर घाइते छन्।

मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन्।

यस्तै, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा ज्यान गएको छ।

यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

छेडागाड नगरपालिका–२ का जयनाथ अधिकारी गम्भीर घाइते भएका छन्।

सोमबार दिउँसो कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना परेको हो।

मध्यपहाडी सडकखण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा जीप दुर्घटनामा परेको हो। जीप सडकबाट २०० मिटर तल खसेको छ।