दीक्षा मिसेस वल्र्डमा भिड्दै


रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा केही अघि सम्पन्न वाई वाई मिसेस नेपाल वल्र्डकी विजेता दीक्षा केसी नेपालको प्रतिनिधित्व गर्दै यस वर्षको मिसेस वल्र्डमा सहभागी हुन शनिबार राति अमेरिका प्रस्थान गरेकी छन्।

उनी आगामी डिसेम्बर १७ मा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा हुने मिसेस वल्र्डमा नेपालको तर्फबाट स्पर्धा गर्दैछिन्। सन् १९८४ बाट सञ्चालन हुँदै आएको मिसेस वल्र्ड विवाहित महिलाको पहिलो सौन्दर्य प्रतियोगिता हो।

यो प्रतियोगिता विवाहित महिलाबीचको सर्वाधिक ठूलो र प्रतिष्ठितप्रतियोगितामा पर्दछ। प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्टझेलियालगायतका महादेशवाट ६० भन्दा बढी राष्ट्रका विवाहित सुन्दरीले स्पर्धा गर्दैछन्।

मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दीक्षाले मिसेस वल्र्डमा यससम्बन्धी आफ्नो प्रोजेक्ट प्रस्तुत गर्ने बताएकी छन्। उनले सुपी रसाइली र मनीष राईद्वारा तयार पारिएको राष्टिझय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्नेछिन्।

दीक्षाले संसारमाझ नेपाल गौतम बुद्धको देश हो भनेर चिनाउनका लागि श्री गणेश सुनचाँदी पसलबाट प्राप्त आकर्षक बौद्ध स्तुपा उपहारस्वøप आयोजकलाई प्रदान गर्ने छिन्।