सुनिरा र आयुष्मानलाई उपाधि



काठमाडौं । 

दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत यु–१४ तर्फको उपाधि सुनिरा थापा र आयुष्मान हजुर घलेले उपाधि जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार गल्र्सतर्फ सुनीरा र ब्वाइजमा आयुष्मान पहिलो भएका हुन् । सुनीराले फाइनलमा शिवाली गुरुङलाई ६–४ र ६–२ ले हराइन् । आयुष्मानले बोरिस अधिकारीलाई ६–१ र ६–१ ले पाखा लगाए ।

यु–८ ब्वाइजको उपाधि आर्यश राज पौडेलले फाइनलमा सभ्य जंग कार्कीलाई १०–५ र १०–३ ले हराएर जिते । यू–९ ब्वाइजमा पनि आर्याशले सुजन कुइँकेललाई ४–० र ४–२ ले हराएर उपाधि हासिल गरे ।यू–९ गल्र्सको उपाधि अनुश्री धोजुले जेनिशा ज्ञवालीलाई ४–३,३–५ र ५–४ ले हराएर जितिन् । ब्वाइज यू–१२ को उपाधि बृजेश अर्यालले असभ सम्राट हाडालाई ६–१ र ६–१ ले हराएर जिते ।

पुरुष ४५ वर्षमाथि डबल्सको उपाधि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले हात पारे । ५५ वर्षमाथि पुरुष डबल्सको उपाधि कृष्ण घले र सुवर्ण धखवाको जोडीले हात पारे ।

प्रतिक्रिया दिनुहोस्