रेडिएन्टको विजयी सुरुआत



काठमाडौं ।

आयोजक रेडिएन्ट पब्लिक बोर्डिङ स्कुलले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्स दुवैमा सोमबार विजयी सुरुआत गरेको छ ।

स्युचाटारस्थित घरेलु कोर्टमा ब्वाइजतर्फ रेडिएन्टले इडेन ब्रिज एकेडेमीलाई ३७–१६ ले पराजित ग¥यो । रेएिअन्टका सुवास गौतमले १४ स्कोर गरे । सिनियर ब्वाइजमै पिपुल्सले जुबिलियन्टलाई १४–१३, ग्रिनफिल्डले माउन्ट ग्लोरीलाई ३८–१२ र एचएचसीएले सेन्ट्रललाई ४३–१७ ले हराए । पिपुल्सका विवेक भण्डारीले ७, ग्रिनफिल्डका ससान्त कार्कीले २३ र एचएचसीएका पवन मगरले १८ अंक जोडे ।

सिनियर गल्र्समा रेडिअन्टले ग्रिनफिल्डलाई २८–४ तथा संस्कृतिले जेसेसलाई २८–८ ले पन्छाए । रेडिएन्टकी प्रशंसा बुढाथोकीले १६ तथा संस्कृतिकी त्रिशा श्रेष्ठले ८ अंक बटुले ।जुनियर ब्वाइजमा स्किब्सले ग्रिनफिल्डलाई ७–२, युनिकले इडेन ब्रिजलाई २०–१६ तथा महामञ्जुश्रीले राइजिङ स्टारलाई १८–४ ले पाखा लगाए ।

स्किब्सका समृत थापा मगरले ५, युनिकका सजित रिमालले ७ तथा महामञ्जुश्रीका समिर श्रेष्ठले ८ अंक जोडे । प्रतियोगिताको काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम गरी जम्मा ४८ टिम सहभागी छन् । फाइनल कात्तिक २९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्