वसन्तपुरमा थाहाका तस्वीर



उत्तरी मकवानपुरको थाहा नगरपालिकाले राजधानीको वसन्तपुरमा तस्वीर प्रदर्शनी शुरु गरेको छ। प्रदर्शनीमा कुलेखानी मार्खुदेखि हिमशृंखलाको दृष्यको फोटो राखिएका छन्।

विभिन्न मठ, मन्दिरका फोटो पनि प्रदर्शनीमा छन्। थाहा नगर र इन्द्रसरोवर आसपास फोटो प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुभारम्भ गरेका हुन्। उनले थाहा नगरमा पर्यटनको उच्च सम्भावना रहेको भन्दै नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्ययोजनालाई समेटेर थाहा नगरलाई विकास गरिने बताए।

मन्त्री श्रेष्ठले नेपाल सरकारले सन् २०२३ देखि २०३२ सम्म भ्रमण दशक घोषणा गरेकोले फोटो प्रदर्शनीले आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ गन्तव्य सूचित गरेको बताए। ‘थाहा नगरपालिका आफैंमा सुन्दर रहेको र त्यसको जानकारी वसन्तपुरमा थाहा दिन आयोजना गरिएको फोटो प्रदर्शनीले पर्यटन प्रवद्र्धनमा सहयोग मिल्छ’, मन्त्री श्रेष्ठले भने ‘थाहाको फोटो प्रदर्शनीले देशकै पर्यटन प्रवद्र्धनमा महŒवपूर्ण योगदान मिलेको महसुस गरेको छु।’

थाहा नगरपालिकालगायत आसपास क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि फोटो प्रदर्शनी आयोजना गरिएको थाहा नगर प्रमुख विष्णुबहादुर विष्टले बताए। प्रदर्शनीमा थाहा नगरलाई चिनाउने प्राकृतिक सुन्दरता, ऐतिहासिक संरचना, सभ्यता र संस्कृति, जीवनशैली, स्वच्छ र सफा वातावरणका तस्वीरहरू राखिएको प्रमुख विष्टले जानकारी गराए।

थाहाका फोटोग्राफर गणेश विष्टद्वारा खिचिएका फोटो प्रदर्शनी उपत्यकाका विभिन्न संघसंस्था, शैक्षिक संस्थाहरू, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आमनागरिकलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम संयोजक इन्द्रबहादुर श्रेष्ठले बताए। प्रदर्शनीमा थाहा र इन्द्रसरोवरका करिब एक सय तस्वीर रहेको र आज आइतबारसम्म हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अवलोकन गर्न सकिने संयोजक श्रेष्ठले बताए। नेपाल पर्यटन बोर्डले प्रवद्र्र्धन गरेको फोटो प्रदर्शनीको व्यवस्थापन फरक सोचले गरेको छ। थाहा फोटो प्रदर्शनीको पहिलो दिन करिब तीन हजारले अवलोकन गरेको आयोजकले जनाएका छबन्।

प्रतिक्रिया दिनुहोस्