टोरिनोसँग हा-यो एसी मिलान



लन्डन, (एजेन्सी) .

इटालियन सिरी ‘ए’ मा टोरिनोसँग एसी मिलान पराजित भएको छ ।मिलान १० खेलाडीमा समेटिएको टोरिनोसँग २–१ गोलअन्तरले स्तब्ध बनेको हो । टोरिनोको जितमा कोफी डिजिडजी र एलेक्सी मिरानचुकले गोल गरे । मिलानका जुनियर मेसिएसले एक गोल फर्काए । टोरिनोमा आइतबार राति भएको खेलको ३५औं मिनेटमा कोफीको गोलबाट टोरिनोले सुरुवाती अग्रता लिएको थियो । उनले भालेन्टिनो लजारोको पासमा गोल गरेको थिए ।

त्यसको दुई मिनेटपछि एलेक्सी मिरानचुकले गोल गरेपछि मिलान पहिलो हाफमै २–० ले पछि प¥यो । ६७औं मिनेटमा जुनियर मेसिएसले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउँदै मिलानलाई खेलमा फर्कने संकेत दिएका थिए । तर, खेलको ७०औं मिनेटमा टोरिनो १० खेलाडीमा समेटिन पुगेपनि मिलानको त्यसको फाइदा उठाउन सकेन । दुई मिनेटको अन्तरमा इभान जुरिच दोहोरो पहेलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिए । त्यसपछि थप गोल निस्कन नसक्दा मिलानले हार बेहोर्न पुग्यो । यस जितसँगै टोरिनोले १२ खेलबाट १७ अंक जोडेको छ । पराजित मिलानको २६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्