नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेलाडीको मृत्यु



कास्की।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर एकजना खेलाडीको मृत्यु भएको छ ।

त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङको क्रसकन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका निसिम थापाको दुर्घटनामा परि मृत्यु भएको हो ।

कास्की घर भएका २६ वर्षीय थापा १०० मिटर माथिबाट जमिनमा खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई मृत्यु भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्