कैलाली-४ मा चार जनाको उम्मेदवारी फिर्ता

0
Shares

धनगढी ।

कैलालीको क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता टिकादत्त जोशीले उम्मेदवारी फिर्ता लिएका छन्। क्षेत्र नम्बर ४ को ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका जोशीले आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन्।

उनले प्रदेश सभा सदस्य प्रकाश बमलाई सहयोग गर्ने बताएका छन्। यस्तै नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका खगेन्द्र चौधरी, राजेन्द्र जोशी र टेकबहादुर देउवाले पनि उम्मेवारी फिर्ता लिएको नेपाली काँग्रेस गोदावरी नगर कमिटी सचिव अशोकराज देवकोटाले जानकारी दिए। फिर्ता लिएका सबै उम्मेदवारले गठबन्धनलाई सहयोग गर्ने बताएका छन्।

तर सोही क्षेत्रको प्रदेश सभा ‘ख’ मै नेपाली काँग्रेसको बागि उम्मेदवार बनेकी भगवती पाठकले भने आफ्नो उम्मेदवारी फिर्ता लिएकी छैनिन्।

Skip This