काठमाडौं ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा तोकिएको छ।
त्यस्तै, एक युरोको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्डको खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।
यसैगरी, कतारी रियालको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३७ पैसा रहेको छ। थाई भाटको खरिददर ४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४ रुपैयाँ ४६ पैसा तोकिएको छ।
त्यस्तै, यूएई दिरामको खरिददर ४० रुपैयाँ ८९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।











प्रतिक्रिया