कर्णालीमा पुलमाथि नदी बग्न थालेपछि आवागमनमा सास्ती



बाजुरा ।

गत बुधबार देखिको अबिरल बर्षाका कारण कर्णाली नदीले बाजुरा लगायत छिमेकी जिल्लाका दर्जनौं झोलुङ्गे पुल बगाएको छ। कर्णाली नदीले हुम्ला, मुगु, बाजुरा, कालिकोट, अछाम र दैलेखमा रहेका दर्जन भन्दा बढी पुल बगाएको हो ।

कर्णली नदीले दर्जन बढी पुल बगाएको छ भने बाँकी रहेका पुल पनि उच्च जोखिममा रहेका छन् । स्वामिकार्तिक खापर गाउपालिका वडा नं २ बालुवा भैसागाडमा असोज १९ गते देखि परेको अविरल बर्षा र बाढिपहिरोको कारणले २०५२ सालमा निर्माण भएको स्वामिकार्तिक खापर गा पा र जगन्नाथ गा पा जोड्ने , बालुवा पुल पूर्ण रुपले डुवान हुँदा स्वामिकार्तिक र जगन्नाथ आवजजावतमा ठूलो समस्या आएको छ ।

उक्त पुलमाथि नदी बग्दा स्वामिकार्तिक खापर गा पा वडा नं १ र २ जगन्नाथ गा पा को ३,४,५ को मुख्य हाटबजार बेर्मामा दैनिक उपभोग्य सामान किन मेलगर्न पनि ठूलो समस्या आएको छ । गोत्री नजिक भुकागाडको पुल पनि खोलाले पूर्ण रुपले बगाइसकेको छ,साथै स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउपालिकामा ठूलो धनजनको क्षेती भएको छ ,फोन टावर पूर्ण रुपले अबरुद्ध भएको हुँदा एकिन विवरण आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ। साथै खानेपानीका मुहान बाढिपहिरोको कारण अबरुद्ध हुँदा प्रत्यक गाउँमा खानेपानीको पनि ठूलो समस्या आएको छ।

त्यसैगरी स्वामिकार्तिकको वडा नं १ मुक्त्तिकोट टोलमा सबै भन्दा बढी क्षेतिको अनुमान छ स्थानइि शिक्षक धनबहादुर धामीले जानकारी दिनुुभएको हो । बाजुरा भएर बग्ने कर्णाली नदीले झुलंगे पुल बगाएको स्थानीयले वताएका छन् । झोलुंगे पुल बगाएसँगै कर्णाली नदीमा रहेका दर्जनौं बस्ति बिस्थापित भएका छन् । नदीले खेतीयोग्य जमिन कटान गर्दा बगरमा परिणत गरेको छ ।

स्वामिकार्तिक खापर गाउपालिका र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदीको भंैसागाडमा रहेको झुुलंगे पुल बगाएको स्थानीय शिक्षक धन बहादुर धामीले वताउनुभयो । कर्णाली नदीमा पानीको बहाव बढेपछि २०५२ सालमा निर्माण गरेको पुल बगाएको धामीले वताउनुभयो । झुुलंगे पुल बगाउँदा स्वामिकार्तिक खापर गाउँपालिका १ र २ जगन्नाथ गाउँपालिका ३, ४ र ५ का बासिन्दाको आवागमन बन्द भएको स्थानीय फुलमाया उपाध्ययले बताईन् ।

बाजुराको पिलुचौर, कवाडी, बेर्मा, काप्डी लगायत ठाउँमा रहेका झुलंगे पुल माथि कर्णाली बगिरहेको प्रहरीले जनाएको छ । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीय धनराज बोगटीले जानकारी दिनुभएको छ ।

हुम्ला र मुगु कर्णाली दुबै ठाउँका नदीमा रहेका झोलुंगे पुल केही बगाएको छ भने केही जोखिममा रहेको हुम्लाका स्थानीय दाताराम पाण्डेले वताउनुभयो । बाजुराको जगन्नाथ र कालिकोट जोडने जितेगडाको झोलुंगे पुल बगाउदा बाजुरा र कालिकोटको आवागमन पनि बन्द भएको छ ।

प्रहरीका अनुसार कर्णाली नदीमा धेरै पुल बगाएको र जोखिममा भएपनि एक्किन तथ्याङ्क नआएको वताइएको छ । त्यो क्षेत्रमा सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । कर्णालीपारिका वाई वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । पुलसँगै छोप्ने गरी कर्णाली नदीमा पानिको बहाव बढेपछि बाजुराका कर्णाली पारिका वाई, साप्पाटा, जुकोट गाबिसमा आवत जावत प्रभाबित बनेको छ ।

बाजुरा जिल्लाका दर्जनौ झोलंगे पुलहरु बाढीपहिराको जोखिममा रहेका छन् । बर्षौ पुराना पुलहरु जिर्ण हुनुका साथै बाढीपहिरोको कारण जोखिम बनेका हुन् । जिल्ला समन्वय समिति बाजुराको तथ्याङ्कमा जिल्लामा ६५ वटा झोलुंगे पुल रहेका छन् । अधिंकाश पुल जिर्णअबस्थामा छन् । आठ बर्ष पहिले केन्द्र बाट बिज्ञहरुको टोली आएर बाजुराका पुलहरु जोखिममा रहेको भन्दै पुलमा खतराको संकेत समेत लगाएर गएको थियो । तर मर्मत गर्न भने कसैको ध्यान गएको छैन ।

प्रतिक्रिया दिनुहोस्