जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



सर्लाही।

सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश २–०३–००१ च १९२४ नम्बरको जिपले हिजो साँझ सवा ६ बजे ज ५ प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुबै सवारी साधन र जिप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्