वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

0
Shares

काठमाडौं।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई स्वास्थ्यमा सुधार नभएपछि किष्ट मेडिकल कलेजको आइसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जोशीको मुटुको चाल सम्बन्धी समस्या देखा परेकाले उहाँलाई आइसीयूमा राखेर उपचार सुरु गरिएको किष्ट मेडिकल कलेज शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएकोछ । उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

निमोनियको समस्या भएकाले उहाँलाई असोज ८ गते अस्पताल भर्ना गरी एन्टिबायोटिक शुरु गरेको अस्पतालले जनाएकोछ । उहाँको उपचारका लागि मेडिसिन विभागको नेतृत्वमा क्रिटिकल केयर, एनेस्थेसियोलोजी, पल्मोनोलोजी, कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी लगायतका चिकित्सकहरु संलग्न रहेको अस्पतालले जनाएकोछ ।