काठमाडौं।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा ११ जना पूर्व स्वास्थ्य मन्त्रीहरुले आइतबार मनोनयन दर्ता गराए ।
प्रतिनिधि सभाको चुनावमा पूर्व स्वास्थ्यमन्त्री नेकपा माओवादीका नेता गिरिराजमणी पोखरेल महोत्तरी १ बाट नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लोकतान्त्रिक पार्टीको साझा उम्मेदवारका रुपमा चुनाव लड्दै हुनुहुन्छ ।
त्यसैगरी पूर्व स्वास्थ्य मन्त्री तथा कांग्रेस महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा चुनावमा लड्दै हुुनुहुन्छ । थापाले यस अघि दुईपटक यहि क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो । अर्का पूर्व स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको चुनावमा उम्मेदवारी दर्ता गराउँनुभएको हो । उहाँले नेकपा एमालेसँग गठबन्धन गरी उमेदवारी दर्ता गराउँनुभएको हो । यस अघि २०७४ सालमा पनि उहाँले सोही क्षेत्रबाट जित्नुभएको थियो ।
पूर्व स्वास्थ्य मन्त्री तथा राप्रपाका दिपक बोहरा रुपन्देही ३ बाट एमालेको समर्थनमा चुनाव लड्दैहुनुहुन्छ । २०७४ सालको निर्वाचनमा एमालेबाटै बराजित हुनुभएको थियो । उक्त क्षेत्रमा प्रतिनिधि सभामा राप्रपा, प्रदेश सभामा जनता समाजवादी पार्टी र एमालेलेका बीच तालमेल गरि नेता चयन गरिएकोछ । त्यसैगरी पूर्व स्वास्थ्यमन्त्री तथा जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष ह्रदयेश त्रिपाठी नलवपरासी पश्चिम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि उमेदवारी दर्ता गराउँनुभएकोछ ।
अर्का पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेको तर्फबाटबाट प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवारी दर्ता गराउँनुभएको छ । त्यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा कुमारी अर्यालले स्याङजा २ बाट उम्मेदवारी दर्ता गराउँनुभएकोछ । यसअघि २०७४ सालको चुनावमा पनि उहाँले बिजय हासिल गर्नुभएको थियो ।
छोटो समय स्वास्थ्य मन्त्रालय सम्हालेका नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले स्वास्थ्य क्षेत्रको सुधार र स्वास्थ्य बीमालाई व्यवस्थि गर्ने नारा लिएर सिन्धुपाल्चोक २ बाट प्रतिनिधि सभाको चुनावमा जाने निधो गर्नुभएकोछ । त्यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको चुनावमा लड्दै हुनुहुन्छ । श्रेष्ठ हाल प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री हुनुहुन्छ ।
साथै पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा मकवानपुर २ बाट निर्वाचन लड्दै हुनुहुन्छ । त्यसैगरी पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारी कास्की क्षेत्र नम्बर १ को ’क’ बाट प्रदेश सभामा उठ्दै हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा क्षेत्र नम्बर १ बाट विजय हासिल गर्नुभएको थियो ।











प्रतिक्रिया