घर भत्किदा एकको मृत्यु, एक घाइते

कर्णाली नदीको बहाव बढेपछि जुड्डी प्रहरी चौकी विस्थापित

0
Shares

बाजुरा।
अविरल वर्षासंगै आएको पहिरोमा परी जगन्नाथ गाउँपालिका वडा नं एक डिम्मरगाउँमा घर भत्किदा सोमबार विहान एक जनाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छन् ।

मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका एकका अन्दाजी ४५ बर्षिया प्रभुलाल गिरी र घाइते हुनेमा उनकी आमा रहेकी छन् । घाइते आमाको उपचारका लागि सोमवार नै कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एबं प्रहरीनायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुुभएको छ ।

प्रभुालाल गिरीको मृत्यु र उनकी आमा घाइते भएको भन्ने जानकारी पाउना साथ प्रहरी टोली खटिगई स्थानीयको सहयोगमा घाईतेको उद्दार गरी उपचारको लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको र मृतकको पोष्टमर्टमको लागि समेत कोल्टी ल्याईएका छौं प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो ।

सोही गाउँमा पहिरोमा परी ३ परिवार विस्तापित भएकाछन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी थापाका अनुसार दुुई ओटा प्रहरी चौकी समेत जोखीमा परेको जनाएको छ । जगन्नाथ गाउँपालिका जुड्डीमा रहेको प्रहरी चौकी जुड्डी खोला र कर्णाली नदीमा पानीको बहाब बढ्दा जमिन कटान गरी जोखीमा रहेको जनाएको छ । चौकी उच्च जोखिममा रहेको हुँदा चौकीको टोली सोमवार नै निर्माणाधीन स्वास्थ्य चौकीको भवनमा सारिएको छ ।

त्यसै गरी हिमाली गाउँपालिकाको कवाडीमा रहेको प्रहरी चौकी समेत कर्णाली नदी र कवाडी खोलामा पानीको बहाव बढ्न गई अस्थाई प्रहरी पोष्ट कवाडी समेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अबिरल बर्षाका कारण स्वामीकार्तिक खापर गाउँपालिका वडा नं चार फैता स्थित कालिका आधारभुत विद्यालयको तिन कोठे पक्की भवनमा माथिबाट पहिरो आई भवन पुरिएको प्रहरी प्रमुख थापाले बताउनुुभएको छ।

अविरल बर्षाकै कारण हिमाली गा.पा.५ कुवाडी बजारको करिब २ सय ५० मिटर माथिबाट पहिरो आई बजारमा रहेका घरहरुमध्ये ७ वटा घरहरु पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जोखिममा रहेका घर परिवारहरुलाई सुरक्षित स्थानमा सारेको र मानवीय तथा चौपायाको क्षेती केही नभएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी कवाडी प्रहरी चोकी हुम्लाको जीर्ण घर भत्किने सम्भावना बढेकोले अहिले हुम्लला र बाजुरा सिमाका प्रहरीहरु कवाडी प्रहरी चौकी बाजुरामा सरेको प्रहरीले बताएको छ। ।

त्यसैगरी निरन्तर वर्षतका कारण सांफे मार्तडी सडक खण्डको बल्दे बाटो पूरर्णरुपमा अबरुद्ध छ । लगातारको वर्षले बाजुरालीको पाकेको अन्नवाली समेत खेतगह्रामै कुहिएको छ। निरन्तर वर्षका कारण सदरमुकाम मार्तडीमा सनिवार देखि विद्युत अबरुद्ध छ। टेलिफोन टावरपनि पनि छैन। प्रहरी सेटको चार्ज सकिंदा कतिपय चौकीका सेटपनि बन्द भएकाछन् । जिल्लामा केककति क्षेतिभयो सञ्चार अभाबका कारण सूचना लिन अप्ठेरो भएको छ डिएस्पी थापाले भन्नुभयो । बाजुरालीको जनजविन कष्टकर बन्दै गैरहेको स्थानीयले बताएकाछन् ।