दैलेखबाट ३६ जनाको उम्मेदवारी

0
Shares

दैलेख।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि दैलेखमा जम्मा ३६ जनाले आफ्नो उम्मेदवारी दिएका छन् । जस अन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभातर्फ ९ र प्रदेस क तर्फ ५ एवं प्रदेस ख तर्फ ५ गरि जम्मा १९ जनाको उम्मेदवारी रहेको छ ।

त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ ५ र प्रदेस क तर्फ ७ प्रदेस ख तर्फ ५ जना गरी १७ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं १ को सदरमुकाम स्थित निर्वाचन कार्यालय र क्षेत्र नं २ दुल्लुमा आज तोकिएको समयमा उक्त उम्मेदवारी दर्ता भएका हुन् ।

क्षेत्र नं १ मा प्रतिनिधि सभा अन्तर्गत नेकपा एमालेबाट रवीन्द्रराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट अम्मर बहादुर थापा, राप्रपाबाट कुन्ती कुमारी शाही, नेपाल मजदुर किसान पार्टिबाट प्रकाश गुरुङ , नेपाली काँग्रेस बिपिबाट भुपाल थापा, राष्ट्रिय स्वतन्त्र पार्टिबाट इन्द्र प्रसाद शर्मा, स्वतन्त्रबाट निरख थापा, गणेश बहादुर शाही र गोपाल नेपालीको उम्मेदवारी रहेको छ ।

सो निर्वाचन क्षेत्र अन्तर्गत क प्रदेसबाट नेपाली काँग्रेसबाट पुर्ण बहादुर खत्री, नेकपा एमालेबाट धर्मराज रेग्मी , नेपाल मजदुर किसान पार्टिबाट जगत वलि, राप्रपाबाट हृदय राज शाही र स्वतन्त्र बाट चित्र बहादुर खत्री को उम्मेदवारी रहेको छ ।

साथै सोही निर्वाचन क्षेत्र को प्रदेख ख मा नेपाली काँग्रेसबाट कृष्ण कुमार बिसी , नेकपा एमालेबाट प्रेम बहादुर थापा , नेपाल मजदुर किसान पार्टिबाट लक्ष्मी कुमारी सिङ , राष्ट्रिय स्वतन्त्र पार्टिबाट रण बहाफुर सिङ र स्वतन्त्रबाट टेक बहादुर खान को उम्मेदवारी रहेको छ ।

त्यसैगरि दैलेख् क्षेत्र नँ २ अन्तर्गत प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट दिक्पाल कुमार शाही , नेकपा एमालेबाट लक्ष्मी प्रसाद पोख्रेल , नेपाल मजदुर किसान पार्टिबाट केशेन्द्र प्रकाश कार्कि तथा रास्ट्रीय प्रजातन्त्र पार्टिबाट लोकेन्द्र राज गिरि र राष्ट्रिय स्वतन्त्र पार्टिबाट बखत बहादुर भण्डारी को उम्मेदवारी रहेको छ ।

उक्त निर्वाचन क्षेत्रको प्रदेस सभा अन्तरगत क प्रदेसबाट नेपाली काँग्रेसबाट घनश्याम भण्डारी , नेकपा एमालेबाट तिलक प्रसाद रिजाल , नेपाल मजदुर किसान पार्टीबाट मदन कुमार भण्डारी , राष्ट्रिय प्रजातन्त्र पार्टिबाट यज्ञ बहादुर थापा, हाम्रो नेपाली पार्टीबाट प्रेम बहादुर भण्डारी , स्वतन्त्र बाट चक्रलाल सुनार र पुरुशोत्तम रिजालले उम्मेदवारी दिनुभएको छ ।

साथै ख प्रदेसबाट नेकपा एमालेबाट बिनोद कुमार शाह, नेपाल मजदुर किसान पार्टिबाट जय बहादुर थापा, नेकपा माओवादी बाट योगेन्द्र बहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टिबाट ज्ञानेन्द्र बहादुर शाही , स्वतन्त्रबाट राजेस कुमार शाहीको उम्मेदवारी रहेको छ ।