राप्रपा नेता तथा दमक नगर प्रमुख थापाको समर्थन एमालेका उमेद्वारलाइ, ओली, कर्की र थापाको सहज जित

0
Shares

दमक।

झापा क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यमा केपी शर्मा ओली सहित प्रदेस क मा हिक्मत कार्की र ख मा होमबाहदुर थापाको सहज जित हुने देखिएको छ ।

यसै पनि एमाले बलियो रहेको यो क्षेत्रमा राप्रपाको समर्थन र दमकमा राप्रपा नेता एवं दमक नगर प्रमुख राम थापाको सहयोग रहने छ । थापाले उम्मेद्बारी मनोनयनको क्रममा अग्रीम विजयको शुभकामना दिदै जित भैसकेको सन्देस सहित फूलमाला लगाइ दिएका छ्न् ।

एमालेले राप्रपासँग तालमेल गरेपछि गठबन्धनका उमेद्वारहरुले हारको मानसिकता बनाइसकेको बताइन्छ । स्थानीय तहको निर्वाचनको गठबन्धन तोडिएको छ ।

प्रतिनिधि सभा सदस्यमा अन्तिम समयसम्म माओबादी केन्द्रका नेता रन्जित तामाङको नाम आए पनि अन्तिम समयमा उनलाइ टिकट नदिएका कारण माओबादीका पुराना नेता तथा कार्यकर्ता र युवा रिसाएको बताइन्छ ।

सच्चा माओवादी र युद्ध लडेकाहरुलाइ पन्छाएर स्वार्थको लागि मरिहत्ते गर्नेहरुलाइ टिकट दिने काम हुनु निर्लज्ज हो , एक स्थानीय मओवादी नेताले भने ।

कांग्रेसभित्र पनि असन्तुस्टी रहेको छ । हामी बलियो हुदाहुदै कमजोर र जनाधार नभएको पार्टिलाइ टिकट दिनु राम्रो थिएन,कांग्रेसका स्थानीय नेता कार्यकर्ताको भनाइ छ । एमालेका उमेदवारहरुलाइ टीका लगाइदिदा हुन्छ, कांग्रेसका एक स्थानीय नेताले भने ।