काइली सर्वाधिक महंगी


हलिउड अभिनेत्री एवम् उद्योगी काइली जेनर संसारभरका महँगा सेलिब्रेटीको सूचिमा पहिलो स्थानमा परेकी छन्।

चर्चित फोब्र्स म्यागेजिनले २०२२ को संसारभरका फिल्म, संगीत, फेसन तथा खेलकुद क्षेत्रका महँगा सेलिब्रेटी समेटेर तयार पारेको यो सूचीमा उनी पहिलो नम्बर ओगट्न सफल भएकी छन्।

उनको पारिश्रमिक पाँच सय ८५ मिलियन डलर रहेको छ। त्यस्तै, दोस्रो स्थानमा गायिका टेलर स्विफ्ट रहेकी छन् उनको पारिश्रमिक एक सय ७०.३ मिलियम अमेरिकी डलर तथा तेस्रो स्थानमा परेका -यापर तथा फेसन डिजाइनर केनी वेस्टको पारिश्रमिक एक सय ५०.२ मिलियन डलर रहेको छ।

यस सूचीमा समावेश सेलिब्रेटीलाई कुल सम्पत्तिको आधारमा नभई उनीहरूले मासिकरूपमा पाउने गरेको पारिश्रमिकको आधारमा राखिएको जनाइएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।