बैंकको व्याजदर वृद्धि भएकोमा नेउवामहासंघ लुम्बिनीको गम्भीर ध्यानाकर्षण



बुटवल।

बैंक तथा वित्तिय संस्थाहरुले बृद्धि गरेको व्याजदर एकल विन्दुमा कायम गर्न माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकलाई मार्ग निर्देशनमार्फत ल्याईएको चालु पुँजीको नियम आर्थिक अवस्था सहज भएपछि विस्तारै लागू गर्न आग्रह गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराउँदै चालु पूँजीको नियम आफैमा राम्रो भए पनि विद्यमान आर्थिक स्थितीको कारण तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरुलाई कठिन हुने भएकाले कम्तिमा एक आर्थिक वर्षपछि वा आर्थिक अवस्था सहज भएपछि लागू गर्न सुझावदिएको हो ।

नेपाल राष्ट्र बैंकले चालु पँुजी सम्बन्धी मार्ग निर्देशन जारी गर्दै वर्षको एक पटक कम्तिमा ७ दिन कर्जा चुक्ता गर्नु पर्ने नीति लिएको छ । यसले उद्योगीव्यवसायीलाई समस्याहुने बताउँदै नेपालउद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले एक वर्ष पछि वा आर्थिक अवस्था सहज भएपछि कार्यान्वयनमा लैजानआग्रह गर्नुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजू, सिद्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमानअध्यक्ष कुलप्रसाद न्यौपानेसहित गएको उद्योगी व्यवसायीहरुको टोलीले नेपाल राष्ट्र बैंक भैरहवाकी निर्देशक रञ्जनापौडेल पण्डितलाई ध्यानाकर्षण गराउँदै उद्योगी व्यवसायीहरुका समस्या समाधानको लागि केन्द्रीय कार्यालयमा पहल गरि दिन आग्रह गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष कसजूले बताउनु भयो ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुले लिने प्रिमियम दर १ प्रतिशतभन्दा बढी हुन नुहेन, साना तथा मझौलाउद्योगी व्यवसायीहरुलाई बढ्दो व्याजदरको कारण उद्योग व्यवसाय बन्दगर्नुपर्ने अवस्था सिर्जना भएकोले एकल विन्दुमा व्याजदर कायमगर्न आग्रह गरिएको थियो ।हाल देखिएको व्याजदरको चुनौती, तरलताको अभावलाई समाधानका लागि छिटो भन्दा छिटो विशेष आर्थिक नीतिहरु ल्याई राष्ट्रको अर्थतन्त्रलाई लयमाल्याउन अनुरोध गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्